बारेकोटका बाढी पहिरो पीडितले दश दिनसम्म पाएनन् राहत
जाजरकोट । गत असार २५ गते गएको बाढिपहिरोबाट विस्थापित बारेकोटका ११ सय घरपरिवारले दश दिन बितिसक्दा पनि सरकारी राहत पाउन नसकेको बारेकोट ५ कालाखोलिका विस्थापित रतन नेपालीले बताउनु भएको छ ।
विद्यालय र खुल्ला चौरमा बसेको दश दिन बित्यो एउटा त्रिपाल समेत नपाएको नेपालीले बताउनुभयो । विद्यालयको एउटा कोठामा दश जनाको परिवार बस्नु परेको छ ।
केही त्रिपाल पुगे पनि वितरण हुन सकेका छैनन् । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले राहत संकल भइरहेको र विस्थापितको तथ्याङ्क सङ्कलन भइरहेको बताउँदै छिटै वितरण गरिने बताउनु भएको छ ।
बाढी पहिरोले ११ सय घरपरिवार विस्थापित छन् भने ३५ घर पुर्णरुपमा क्षति भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्