तपाईँ सुन्दै हुनुहुन्छः

रिडी खोलाले बगाउँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ ।

शुक्रवार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा ३ पट्टाचउरस्थित रिडी खोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडा अर्घाखाँचीका ४० वर्षीय देबबहादुर मुखियालाई खोलाले बगाएको हो ।

उनीको शव शनिवार दिउँसो गुल्मी छत्रकोट गाउँपालिका–५ मनभाकमा फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button