सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले चालु तर्फ ५५.६७ प्रतिशत र पुँजीगत तर्फ ७१.०८ प्रतिशत गरी ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशमा सबै धन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालयले ८७.६९ प्रतिशत खर्च गरेको छ । स्थानीय तहलाई वित्तीय हस्तान्तरण ८७.५७ प्रतिशत भएको छ । प्रदेश व्यवस्थापिका सचिवालयको ७७.०५ प्रतिशत खर्च भएको छ ।
त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५७.९७ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ५५.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ५३.८४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५२.९९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४४.९२ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३७.१४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्