अवैध सामान बरामद
कञ्चनपुर । कञ्चनपुर प्रहरीले १४ लाख बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा १४ लाख नौ हजार नौ सय पचास मुल्य बराबरको अवैध सामान कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित बजार क्षेत्रबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारी साधनमा कपडा र बिजुलीका अवैध सरसामानहरू ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको चेकिङ टोलीले बरामद गरेको हो ।
बरामद गरिएका सामान, सवारी साधन र चालकलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्