डडेल्धुरामा २६ करोड बढी राजश्व संकलन
डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०७६÷०७७ मा २६ करोड ४३ लाख रुयैया राजस्व संकलन गरेको छ ।
असार मसान्त अर्थात ३१ गते मात्रै एक करोड १६ लाख रुपैया राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।
असार महिनाभरी ७ करोड ८ लाख रुपैया राजस्व संकलन गरेकोमा आर्थिक वर्षभरी २६ करोड ४३ लाख राजस्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ ।
सुदुरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी र अछाम जिल्ला हेर्ने गरि २०७५ सालमा डडेल्धुरा जिल्लामा करदाता सेवा कार्यालयको स्थापना भएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ असार मसान्त सम्म २५ हजार ७ सय ११ जना करदाता दर्ता भएका छन । जसमा आयकरमा १२ हजार ४२ जना, भ्याटमा १ हजार १ सय ९६ जना, अन्तशुल्कमा १ हजार ४ सय ४ जना, व्यक्तिगत प्यानमा ११ हजार १४ जना र संस्थागत प्यान (सरकारी कार्यालय) ५ गरी २५ हजार ७ सय ११ वटा करदाता राजस्व कार्यालय डडेल्धुरामा दर्ता भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्