तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजनाको गेट फुटेपछिको अवस्था नियाल्न मन्त्रालयस्तरको विज्ञ टोली घटनास्थलमा

सिन्धुपाल्चोक । साता दिन नबित्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको गेट नम्बर १७ फुटेपछि अवस्था नियाल्न मन्त्रालयस्तरको विज्ञ तथा प्राविधिक टोली घटनास्थल आइपुगेको छ ।

बिहीबार दिउसो आइपुगेको टोली हेलम्बु अम्बाथान्स्थित मुहान स्थलमा सुरुङभित्र पस्न हालै आन्तरिक बैठक तथा छलफलमा रहेको आयोजनाका एक प्राविधिकले बताएका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा ६ जना प्राविधिक र विज्ञको टोलीले सुरुङदेखि अम्बाथान् अडिटको अवस्था हेर्नेछन् । बिहीबारको प्राविधिक अनुगमन र अनुसन्धानपछि मात्रै यर्थाथ विवरण खुल्ने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेश खत्रीले जानकारी दिनुभयो ।

सुन्दरी जल पुग्ने मेलम्चीको मुख्य (सुरुङ २७ किलोमिटर)स“ग जोडिएको अम्बाथान् अडिटको (गेट नम्बर १७) फुटेर फर्किएको पानीबारे विज्ञ र प्राविधिक टोली सुरुङको अध्ययनमा खटिएका हुन् । आहिले मेलम्ची खानेपानी क्षेत्रमा सञ्चारकर्मी, स्थानीयलगायत कसैलाई पनि प्रवेश दिइएको छैन ।

मङ्गलवार दिउँसो करिब १२ बजे एक्कासि गेट नम्बर १७ फुटेर अम्बाथान् अडिटबाट निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएका दुईमध्ये एकको शव फेला परेको छ ।

बुधवार दिउँसो इन्द्रावती खोलाको बाहुन पाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ ।

आयोजनाकै सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button