तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको रकम चोरी गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ

धनकुटा । धनकुटामा टेलिकमको रकम चोरी गरेकोे आरोपमा तीनजना कर्मचारी पक्राउ परेकाछन् ।

मोवाइल एप्सको प्रयोग गरि नेपाल टेलिकमको रकम चोरी गरेको आरोपमा धनकुटा स्थित शहरी विकास तथा भवन निर्माण डिभिजन प्रदेश कार्यालयमा कार्यरत कम्पूटर अपरेटर सहित तीन कर्मचारीलाई राष्ट्रिय अनुसन्धान सिआइवीको टोलीले पक्राउ गरेको हो ।

बुधबार काठमाडौंबाट आएको सिआइवीको टोलीले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटामा कार्यरत कम्प्यूटर अपरेटर दिवाकर देउजा, सव इन्जिनियर अभिषेक आचार्य र कार्यलय सहयोगी प्रेम भूजेललाई पक्रेको हो ।उनीहरुले मोवाइल एप्स प्रयोग गरि नेपाल टेलिकमको व्यालेन्स चोरी गरी टेलिकमलाई ठगी गरेको आरोप लागेको छ ।

नेपाल टेलिकम केन्द्रिय कार्यालयले दिएको उजुरीका आधारमा सिआईवीको टोलीले पक्राउ गरेको ३ जना मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखिएको छ भने अपरेटर देउजालाई काडमाडौं लगिएको प्रहरी उपरिक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button