प्रदेश १ सरकारद्धारा सागका पदक विजेता खेलाडी सम्मानित
विराटनगर । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज नगद सहित सम्मान गरेको छ ।
एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ ज्ना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गर्नुभयोे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायाँमा पर्न नदिने भन्दै प्रदेस न १ लाई खेलकुुदको राजधानी वनाउने गरी सरकारले आगामी आर्थीक वर्षको वजेटमा विभिन्न कार्यक्रम ल्याएको प्रष्ट पार्नुुभयो ।
सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताउनुभयो । आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।
सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सय सम्म, एकल र टीम तर्फ रजत विजेतालाई १ लाख देखि ६० हजार सम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँ सम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताउनुभयो ।
१० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उहाँले बताउनुभयो । उहाका अनुुसार अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा खुशी लागेका फुटवल खेलाडी सुजल श्रेष्ठले बताउनुभयो । उहाँले खेलाडीहरुले पैशा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्