तीन दिन देखि अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु
पाल्पा । तीन दिन देखि अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु भएको छ । सोमबार बेलुका साढे ५ बजेबाट अवरुद्ध सिद्धार्थ राजमार्ग बुधबार दिउसो २ बजेबाट सुचारु भएको छ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–३, पैठेडाँडामा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सडकदेखि माथिबाट ठूला ढुङ्गा सहित खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा आएका र पाल्पाबाट बुटवल हिडेका सवारीसाधन बिचैमा अलपत्र परेका थिए । त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका ८ डुम्रे पुल नजिकै खसेको पहिरोका कारण अवरुद्ध सडक पनि सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्