तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना सङ्क्रमित, कुल सङ्ख्या १२२८ पुग्यो

तनहुँ । गण्डकी प्रदेशका थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशको कुल सङ्क्रमित सङ्ख्या एक हजार दुई सय २८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहुँ, नवलपुर, गोरखा र कास्कीमा गरी थप २५ जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा तीन, मालिकमा चार, रघुगंगा र मङ्गलामा एक, एक जना गरी नौ सङ्क्रमित थपिएका छन् ।

यसै गरी तनहुँको भिमाद नगरपालिकामा दुई जना, आँबुखैरेनी गाउँपालिकामा एक गरी तीन जना सङ्क्रमित थपिएका छन् । या सँगै तनहुँमा कुल कोरोना सङ्क्रमित एक सय ६४ जना छ ।

त्यस्तै नवलपुरको कावासोतीमा–२ बुलिङटारमा आठ पुरुष र एक महिला गरी ११ सङ्क्रमित थपिएका छन् । त्यसै गरी गोरखा र कास्कीमा एक एक जना पुरुष सङ्क्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ २५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

अहिले सबै सङ्क्रमित व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यसै गरी गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको सङ्ख्या नौ सय २५ पुगेको निर्देशक डा.शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button