धनकुटा जिल्लामा थप ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटा जिल्लामा थप ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको छथरजोरपाटी गाँउपालिकाको ३८ र ३९ वर्षका २ जना र शहिदभूमिका २८ वर्षका एकजनामा कोरोना संक्रमण पुष्टि भएको रिर्पोट आज प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । कोरोना परिक्षणका लागि २६ गते उनिहरुको स्वाव संकलन गरि विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो ।
कोरोना संक्रमण पुष्टि भएका तिनै जनालाई उपचारका लागि झापा गोठगाँउमा रहेको पूर्वाअञ्चल विश्वविद्यालयको आइसोलेशनमा पठाइने प्रमुख गुरागाइले वताउनुभयो । यस अघि यहाँका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु सवैजना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्