सप्तरीमा खाँडो खोलामा आएको बाढीले ५० भन्दा बढी घर डुबानमा
सप्तरी । सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलमा खाँडो खोलामा आएको बाढीले झन्डै ५० भन्दा बढी घर डुबानमा परेको छ ।
सोमबार बिहान आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुबानमा पारेको हो ।
यस्तै निरन्तरको वर्षाले बेल्ही भन्सार बजार समेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी समेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडक खण्डमा समेत दुई ठाउँमा बाढीले क्षति पुर्याएको छ ।
भन्सार बजारको पसलहरू डुबानमा पर्दा स्थानीय व्यापारीहरूको लाखौँको धनमाल क्षति भएको छ ।
खाँडो खोलाको बाढीले एक जना पुरुषको शव बगाएर ल्याएको लौनियाका गजेन्द्र मण्डलले बताउनुभयो । सडेगलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको तथा पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्