तपाईँ सुन्दै हुनुहुन्छः

दुहवी नगरपालिकालाई सरसफाई सामग्री हस्तान्तरण

सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई सरसफाई सामग्री हस्तान्तरण गरिएको छ ।

दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले क्वारेन्टाइनका लागि भन्दै सरसफाई सामग्री हस्तान्तरण गरेको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका इन्जिनियर गोपीलाल भगतले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा स्वास्थ्य अधिकारको रक्षाका लागि क्वारेन्टाईनलाई पुग्ने गरी सरसफाई सामग्री वितरण गरेको बताउनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले फिनेल १० लिटर, हर्पिक ५ लिटर, ट्वालेट ब्रस ५ थान, ५० लिटर अट्ने बाल्टीन एक थान, १५ लिटर अट्ने बाल्टीन १० थान, ५ लिटर अट्ने बाल्टीन ५ थान, प्लाष्टिक बाटा १० थान, प्लाष्टिक मग १५ थान र ह्याण्डवास १ थान लगायतका सामग्री वितरण गरेको भगतले बताउनुभयो ।

त्यसैगरी स्यानिटेशन हाईएजिन कीट १० पोका, नेल कटर दुई थान, टुथ ब्रस १० थान, प्लास्टिक बाल्टीन १० लिटर अट्ने दुई थान, प्लाष्टिक जग २ लिटर अट्ने दुई थान समेत वितरण गरेको भगतले बताउनुभयो ।

स्वास्थ्य तथा सरसफाई सामग्री वितरण कार्यक्रममा नगरप्रमुख वेदनारायण गच्छदार, स्वास्थ्य शाखाका पिंकी भगत, मनोज चौधरी, इटहरी खानेपानीका गोपी लाल भगत लगायतका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button