तपाईँ सुन्दै हुनुहुन्छः

७० जना वृद्धवृद्धा नगद सहित सम्मानित 

बारा । स्वास्थ्य कार्यालय बाराले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

स्वास्थ्य कार्यालय बाराको आयोजना र जेष्ठ नागरिक समाजको समन्वयमा जिल्ला भरीका ७० जना वृद्ध वृद्धाहरुलाई १ हजार नगद सहित कदर पत्र, ब्लाकेट, छाता, सेनिटाईजर, टर्च, माक्स, साबुन प्रदान गरेको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएको जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहले समाजमा जेष्ठ नागरिकहरुलाई परिवारबाट हेला हुने गरेको हुदा सम्मान गर्नुपर्ने धारणा व्यतm गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button