तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पसेपछि पर्साको झलमैया टोल डुबानमा

बीरगंज । पर्साको ओरिया खोलामा आएको बाढीले छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया टोल डुबानमा परेको छ ।

२ सय ५० घरधुरी रहेको झलमैया टोल पर्साको वीरगंजबाट करिब ३५ किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ । ओरिया खोलाको बाढी गाउँमा पसेपछि स्थानीय भरत साह कानु, राजेश साह कानु, विक्रम साह कानु, सोहन साह तेली, बुलट साह तेली, भुवनेश्रर यादव लगायत दर्जनौ स्थानिय वासिन्दाको घरमा २÷३ फिट सम्म पानी जमेको छ ।

यस विषयमा जिल्ला विपद समितिकी सदस्य एवम पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले गाउँमा डुवान भएको सम्बन्धमा आफूलाई पनि जानकारी आएको र सुरक्षाकर्मी पठाएर उद्धार तथा पानीको निकास गर्न निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button