तपाईँ सुन्दै हुनुहुन्छः

एक हप्तापछि खुल्यो सल्ली–चौरजहारी–डोल्पा सडक

सल्यान । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली –चौरजहारी–डोल्पा सडक खुलेको छ ।

सल्ली चौरजहारी सडक खण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो । कुमाख गाउँपालिका–२ खार खोलामा बाढीले पुरै सडक बगाएपछि विगत एक हप्तादेखि सडक अवरुद्ध हुँदै आइरहेको थियो ।

बाढीले बगाएको स्थानमा वाल र पहिरो जेसिबि लगाएर हटाए पछि एक तर्फी सञ्चालनमा आएको पूर्वाधार कार्यालय सल्यानले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सल्यानका कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका सवारी साधन तथा पैदल यात्रुहरू समस्यामा परेका थिए ।

सडक खुलेपछि विशेष गरी बिरामीहरूलाई अस्पताल लिन ल्याउन सहज भएको स्थानीय राम बहादुर बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button