गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार एक सय ७६ पुग्यो

तनहुँ । तनहुँका चार जनासहित गण्डकी प्रदेशका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तनहुँका चार जनासँगै गण्डकी प्रदेशको म्याग्दीका दुई जना, स्याङ्जाका तीन जना, बागलुङका तीन जना र कास्कीका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दिपुर गाउँपालिकाका १९ र १६ वर्षीय पुरुष र शुक्ल गण्डकी नगरपालिकाका ३३ वर्षीय पुरुष गरी चार जनामा कोरोना पुष्टि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसँगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ५३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या एक सय जना पुगेको छ ।
त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० वर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसै गरी स्याङ्जाको चापाकोट नगरपालिकाका २९ वर्षीय पुरुष, वालिङ नगरपालिकाका २० वर्षीय पुरुष र काली गण्डकी गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै बागलुङको वडीगाड गाउँपालिकाका २८ वर्षीय पुरुष, गल्कोट नगरपालिकाको २५ र ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यसगरी पोखरा महानगरपालिकाका ८९ र २५ पुरुषका कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७६ पुगेको छ ।
सङ्क्रमितहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
शुक्रवार क्षयरोग उपचार केन्द्र पोखरामा दुई सय ६७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा दुई सय ३९ नमुनाहरू परीक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्