सुनकोसी नदी किनारामा बच्चाको शव भेटियो
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १०, सुनकोसी नदीको किनारामा अन्दाजी ११ वर्षको बच्चाको शव भेटिएको छ । भोटेकोसी बीच रिसोर्टसँगै सुनकोसी किनारामा घोप्टो परिरहेको अवस्थामा बच्चाको शब भेटिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
बाढीले बगाएर ल्याएको दाउरा खोज्ने क्रममा स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो बच्चाको शव बुधबार राति जम्बु बाढीमा परी बेपत्ता भएकाको हुन सक्ने प्रहरीको अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्