तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा पहिरोमा बेपत्ता भएकाको खोजीका लागि सेनाको हेलिकोप्टर आइपुग्यो

पर्वत । म्याग्दीमा पहिरोमा बेपत्ता भएकाको खोजीका लागि सेनाको एउटा हेलिकोप्टर आइपुगेको छ ।

पहिरोमा हराइरहेका ३२ जनाको उद्धारका लागि जिल्लाबाट सुरक्षाकर्मी पुग्न नसकेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएको थियो ।

उद्धारका लागि तीन वटा हेलिकोप्टर माग गरेकोमा एउटा हेलिकोप्टर आइपुगेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

बिहान १० बजे हेलिकोप्टर माग गरे पनि दिउँसो ३ः०० बजे मात्रै एउटा हेलिकोप्टर आएको हो ।

म्याग्दी खोलाको बेलिव्रिज भत्किएको र दुखुखोला बढेकाले जिल्लाबाट सुरक्षा कर्मी मालिका र धौलागिकी गाउँपालिकामा पुग्न सकेको छैन । पहिरोमा पुरिएकाहरूको उद्धारका लागि सेनाको टोली आएपछि बिहानदेखि बेपत्ता भएकाहरूको खोजी सुरु भएको प्रजिअ ढकालले बताउनुभयो ।

पहिरो र वर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा ३२ जना बेपत्ता भएका छन् । धौलागिकी गाउँपालिकाको मराङमा १० जना पहिरोमा पुरिएको र १२ जना सम्पर्क विहीन भएको र ताकममा दुई जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–७ बिममा आठ जना बेपत्ता भएको ढकालले बताउनुभयो । त्यस्तै एक जना मालिका गाउँपालिकाकी महिलालाई दुखुखोला तर्ने क्रममा खोलाले बगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button