सल्यानमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु

सल्यान । ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको ज्यान गएको छ ।
जिल्लाको दार्मा गाउँपालिका ४ सरसुखोलाबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको रा १ त ४३८७ नं. ट्याक्टर बिहिबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी कुमाख गाउँपालिका ५ झारकाँडाका ट्याक्टर मालिक तिलक थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी पुगी सकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्