तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले मापदण्ड पुरा गरी सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरवारमा बसेको बैठकले अर्थतन्त्रलाई थप चलाएमान बनाउन र सर्वसाधारणलाई अवतजावतमा थप सहजता प्रदान गर्न विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड -१९ क्राइसिस म्यानेजमेन्ट कमिटिले तयार पारेको मापदण्ड पुरा गरी ट्याक्सी चलाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकमा सार्वजनिक यातायातसँग सम्बन्धीत व्यवसायीहरुले लामो समयसम्म यातायात सेवा बन्द हुदाँ लाखौ यातायात मजदुर र व्यवसायीको अवस्था दयनीय बनेको भन्दै उनीहरुको समस्या समाधान गर्न सुरक्षित रुपमा यातायात सञ्चालनको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँहरुले अन्य सेवाहरु सञ्चालमा भैसकेको अवस्थामा यातायात क्षेत्र अन्यौलमा रहनु नहुने, सार्वजनिक यातायात पनि सुरक्षीत रुपमा सञ्चलान गर्र्ने, यातायात श्रमिकको सुरक्षा व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्ने तथा यातायात श्रमिकको विमाको व्यवस्था गर्नु लगायतका विषयमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button