तपाईँ सुन्दै हुनुहुन्छः

उन्नत जातको बाख्रा वितरण

लुम्बिनी- मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत गरीब तथा विपन्न ४४ घरधुरीलाई आज उन्नत जातको बाख्रा वितरण गरिएको छ । प्रदेशसभाका सदस्य डा कृष्ण न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ को रोहिणी गाउँपालिकामा बाख्रा वितरण गर्नुभयो ।

गाउँपालिकाले अतिगरीब तथा विपन्न परिवार छनोट गरेका आधारमा उनीहरुलाई धकधईमा बाख्रावितरण गरेको हो । बाख्रा लिन स्थानीयवासी दाम्लो लिएर बसेका थिए । रोजगारी सिर्जना गर्ने उद्देश्यले विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको प्रदेशसभा सदस्य डा न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा छौंँ ।

गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले किसानहरुको जीवनस्तर माथि उकास्न सङ्घ र प्रदेश सरकारसँगै स्थनीय सरकार लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button