धनुषामा बालिका बलत्कार गरी हत्या गर्ने अभियुक्त पक्राउ
जनकपुरधाम । धनुषा जिल्लाको जनकपरधाम उपमहानगरपालिका वडा नंं २१ कुर्थाकी ११ वर्षिया वालिका कंचन कुमारी पञ्जियारलाई बलत्कार गरि हत्या गरेको अभियोगमा एक जनालाई धनुषा प्रहरीले पक्राउँ गरी सार्वजनिक गरेको छ ।
गत असार १७ गते साढे एक बजे आँपको प्रलोभनमा ललाई फकाई बलत्कार गरेर हत्या गरेको अभियोगमा भारतको उत्तर प्रदेश मलिहावाद जिल्लाका काकोरी ग्राम पञ्चायत वडा नंं ११ घर भएका वर्ष ३२ को दिपु सिंहलाई पक्राउँ गरेर जिल्ला प्रहरी कार्यालय धनुषाले आर्वजनिक गरेको हो ।
निज व्यक्ति सोही वडाको चौधरी र मिश्र ईन्डष्ट्रिजमा चार पाँच महिना देखि कार्यरत रहेका थिए । निजले बालिकालाई ललाई फकाई गरि उद्योगको पछाििड पट्टीको कुनामा लगेर बलत्कार गरि मुख थुनेर हत्या गरेर १८ गते विहान ३ बजे शवलाई ब्ल्यांकेटमा बेरेर दुग्धमती नदिको पश्चिम डिलको सिकडको छाडीमा लुकाएका थिए ।
धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले प्रहरीको विशेष अनुसन्धान टोलीले गाडेको अवस्थामा फेला परेको ब्ल्यांकेट सहितको प्रमाणको आधारमा अनुसन्धान गर्दा निज अभियुक्तलाई पक्राउँ गरिएको जानकारी दिनुभयो ।
अनुसन्धानमा जिल्ला प्रहरी धनुषाका अतिरिक्त २ नम्बर प्रदेश प्रहरी कार्यालय तथा संघीय प्रहरी कार्यालयको विशेष टोलीले संयुक्त रुपमा अनुसन्धान गरेका थिए । प्रहरीले निज अभियुक्त सिंहलाई सोही उद्योगवाट असार २१ गते दिउँसो १ बजे पक्राउँ गर्न सफल भएको धनुषाका प्रहरी उपरीक्षक वस्नेतले जानकारी दिनुभयो ।
प्रहरीले सार्वजनिक गरेका अभियुक्तले पत्रकार समक्ष आफूवाट गल्ति भएको स्वीकार गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्