बाँकेमा थप एक कोरोना सङ्क्रमित डिस्चार्ज
नेपालगन्ज । बाँकेमा आज थप एक जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।
खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट जानकी गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुष निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन सय ३९ पुगेको छ । बाँकेमा हालसम्म तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्