तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमती बितेको एक बर्षमै श्रीमानको पनि भीरबाट खसेर मृत्यु

अछाम । अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो ।

बिहान घाँस काट्न गएको बेला चिप्लो भीरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।

उनकी श्रीमतिको पनि गत वर्ष भीरबाट खसेरै ज्यान गएको थियो ।

आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनका ५ नाबालक छोराछोरीको बिचल्ली भएको छ । अब १ छोरा र ४ छोरीका सहारा वृद्ध हजुरआमा मात्रै रहनु भएको छ । उनको अवस्था पनि निकै कमजोर रहेको आन्त डम्बर रोकायाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button