पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जना मोटरसाइकल यात्रीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर १ स्थित कालिका स्वास्थ्य चौकी नजिकै सडक निर्माण कार्यमा पानी बोक्ने ट्यांकरको ठक्करबाट पुनर्वास नगरपालिका वडा नम्बर ९ बिच्फाँटाका लोकेन्द्र सिंह ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार, घटनास्थलमै ठकुरीको मृत्यु भएपछि आक्रोशित हुँदै स्थानीयले पानी ढुवानी गर्ने दुई वटा ट्यांकरमाथि आगजनी गरेका छन् । दुवै ट्यांकर चालक भने फरार रहेको र उनीहरूको खोजी भइरहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्