बाँकेमा थप १४ जना कोरोना सङ्क्रमित डिस्चार्ज
नेपालगन्ज । बाँकेमा आज थप १४ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।
खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका सात जना र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रबाट बैजनाथ गाउँपालिकाका सात जना गरी १४ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
योसँगै बाँकेमा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन सय ३७ पुगेको छ । बाँकेमा हालसम्म तीन सय ६३ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्