प्रदेश नं.५ मा हालसम्म तीन हजार सात सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा । प्रदेश नम्बर पाँचमा हालसम्म तीन हजार सात सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै एक हजार सात सय ३६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ११ जनाले कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् ।
प्रदेश नम्बर पाँचको कपिलवस्तु जिल्लामा सबैभन्दा बढी सात सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
दाङमा पाँच सय ८७ जना, पाल्पामा पाँच सय १५ जना, बाँकेमा तीन सय ६७ जना, रुपन्देहीमा तीन सय आठ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै गरी गुल्मीमा सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको छ भने प्रदेश नम्बर ५ कै अर्घाखाँचीमा तीन सय १९ जना, प्युठानमा तीन सय चार जना, बर्दियामा एक सय ७६, नवलपरासीमा ८५, रोल्पामा ४८ र रुकुम पश्चिममा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर पाँच स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्