किरण चेम्जोङलाई विदेशी कम्पनी आरजीले प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनी आरजीले प्रायोजन गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका कार्यवाहक कप्तान समेत रहेका किरणलाई साइप्रसको ग्लोभ्स कम्पनी आरजीले प्रायोजन गरेको हो ।
भारतीय क्लब मिनर्भा पन्जाबबाट खेलिरहेका किरणलाई आरजीले दुई वर्षको लागि प्रायोजन गरेको हो । किरणले कम्पनीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् ।
सम्झौता अनुसार आरजीले किरणलाई हरेक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ । दुई वर्षको ग्लोभ्सको प्रायोजन रकम करिब ६ लाख पर्ने बताईएको छ । नेपाली गोलकिपरले ग्लोभ्सको प्रायोजन पाएको यो पहिलो अवसर हो । यस अघि विभिन्न खेलाडीले प्रायोजक पाउँदै आएपछि गोलकिपरलाई ग्लोभ्स कम्पनीले प्रायोजन गरेको थिएन ।








प्रतिक्रिया राख्नुहोस्