झण्डै १४ सयको हाराहारीका उद्योग सञ्चालनमा
वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रहेका बहुराष्ट्रिय कम्पनी सहित ठूला, साना र मझौला गरी झण्डै १४ सयको हाराहारीमा रहेका उद्योगहरु अहिले सञ्चालनमा आएका छन् ।
उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपनि बजारको माग अनुसारको उत्पादन गरी रहेको उद्योगी व्यवसायीहरुले बताएका छन ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैतदेखि जेठ अन्त्यसम्म लगाएको लकडाउनले बजार र आपर्ति अवरुद्ध हुँदा अत्यावश्वकीय सूचीमा राखिएका उद्योगहरु समेत सञ्चालनमा कठिनाइ भएको थियो ।
नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रिय अध्यक्ष सुवोधकुमार गुप्ताले उद्योगबाट उत्पादन बढाएरमात्रै नहुने बताउदै बजारमा माग नभएपछि खाद्यान्न समेत गोदाममा थन्क्याएर राख्ने स्थिति सिजना भएको बताउनु भयो ।
विकास निर्माण कम हुने अहिलेको समयमा उपभोक्ताको क्रय शक्तिमा आएको कमीले बजारलाई झन् सुस्त बनाएको नारायणी रोलिङ्ग मिल्सका संचालक सत्यनारायण क्यालले बताउनुभयो ।
वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा प्रत्यक्ष रुपमा ७० हजार भन्दा बढी मजदुरहरु कार्यरत रहेका छन भने अप्रत्यक्ष रुपमा उद्योगसँग झण्डै ४ लाख भन्दा बढीको भविष्य जोडिएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्