तपाईँ सुन्दै हुनुहुन्छः

संघीय सांसद ज्ञान कुमारी छन्त्यालको निधन

बागलुङ । प्रतिनिधि सभाका सदस्य ज्ञान कुमारी छन्त्यालको निधन भएको छ । प्रधिनिधि सभामा नेपाली कांग्रेसबाट समानुपातिक सांसद छन्त्यालको बुधबार बिहान निधन भएको हो ।

बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा छन्त्यालको निधन भएको हो।

६६ वर्षको उमेरमा सांसद छन्त्याल मुटु रोगी हुनुहुन्थ्यो । उहाँको काठमाडौंको बासबारीस्थित गंगालाल ह्दयरोग उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको हो । छन्त्याल २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित सभासदसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button