तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द

काठमाडौं । मंगलबार बजार खुलेदेखि नै उच्च रुपले बढेको नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको छ ।

बजार खुलेको दुई घण्टामा नेप्से सूचक ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको छ ।

यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । भने एक घण्टा १७ मिनेट बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको थियो ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्य दुईवटा उपसमुहका सूचक नकारात्मक देखिएका छन भने बाँकी सबै उपसमुहका सूचक सकारात्मक देखिएका छन् ।

मंगलबार १३४ कम्पनीहरुका चार लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो ।

स्टकले नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको जनाएको छ । कारोबार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो ।

दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार आजका लागि बन्द भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button