तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्ष डाँगीलाई उपचारका लागि हेलीकप्टर मार्फत् राजधानी लगियो

घोराही । नेत्र बिक्रम चन्द बिप्लव समुहको नेकपाका कार्यकर्ताको आक्रमणबाट गम्भिर घाइते हुनुभएका वडाध्यक्ष फर्साराम डाँगीलाई उपचारका लागि राजधानी लगिएको छ । मनाङ एयरको हेलीकप्टर मार्फत् राजधानी पठाइएको हो ।

शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि वडा कार्यालयमै आक्रमण गरिएको थियो । दाङमा उपचार सम्भव नभएपछि वडाध्यक्ष डाँगीलाई उपचारका लागि राजधानी लगीएको गाउँपालिकाका प्रबक्ता रबि बुढाथोकीले जानकारी दिनुभएको छ ।

वडाध्यक्ष डाँगीलाई कुटपिट गरेर घटनास्थलमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्व नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ । मुखुण्डो लगाएर चार जनाको समुहमा कार्यालयभित्र प्रबेश गरेका बिप्लव समुहका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

रडले हानेर चोटपटक लागेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनास्थलमा प्रतिवन्धित विप्लव नेतृत्व नेकपाको पर्चा भेटिएको छ । प्रबक्ता बुढाथोकीले वडाध्यक्ष डाँगी अहिले पनि बेहोस् रहेको जनाइएको छ ।

यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालको नेतृत्वमा जिल्लास्थित सुरक्षा अंगको टोली घटनास्थल शान्तिनगर पुगेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनामा संलग्नको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button