राष्ट्रिय युवा संघ जुगलको पहलमा कोरोना कोषमा ५ लाख

सिन्धुपाल्चोक । युवा संघ, जुगल कमिटिले जुगल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा ५ लाख १ हजार २ सय पचास रुपैया रकम जम्मा गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, जुगल गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी ,नेकपा, जुगल गाउँपालिकाको सयुक्त पहलमा संकलन गरिएको उक्त रकम सोमबार नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज माधब सापकोटा सुबोधले गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलालाई हस्तान्तरण गर्नुभएको युवा संघ, जुगलका संयोजक फुलकाजी स्याङ्बोले जानकारी दिनुभएको छ ।
संकलन गरिएको रकम हस्तान्तरण गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज सापकोटाले देशको यो बिषम परिस्थितिमा युवाहरुको यो प्रयास एकदमै सार्हानिय रहेको र यसबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।
कोरोना कोषमा जम्मा गरिएको उक्त रकम जुगल गाँउपालिकाका युवा तथा नेकपाका ५३ जना नेता कार्यकर्ताबाट संकलन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्