तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने बालिकामा कोरोना संक्रमण

भक्तपुर । भक्तपुर सुर्यविनायक कटुन्जे ५ मा डेरा गरि बस्ने १४ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालमा स्वस्थ्य परीक्षण गराउने क्रममा १४ बर्षीय बालिकामा आइतवार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिुभयो ।

बालिकाको स्थाई ठेगाना ललितपुर प्युटार वडा नम्वर ४ भए पनि उनी अभिवावकसँग कटुन्जे बस्दै आएको प्रमुख मिजारले बताउनुभयो ।

आइतवार मन्त्रालयको प्रेस विफिङमा ललितपुरका एक जना संक्रमण पुष्टि भएको जानकारी दिईएको थियो ।

त्यस लगतै संक्रमित खोज्ने क्रममा ललितपुरमा नभेटिएपछि भक्तपुरमा खोजी गर्ने क्रममा कटुन्जेमा डेरा गरि बस्ने खुल्न आएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताउनुभयो ।

बालिकालाई थप उपचारका लागि माहाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाईएको छ । संक्रमित बालिका डेरागरि बस्ने घरलाई सिल गरिएको छ भने अभिवावकलाई पनि शिक्षण अस्पतालको क्वारेण्टिनमा राखिएको छ ।

संक्रमित बालिकाको संम्पर्कमा आएका महानगरीय प्रहरी ठिमी बृत्तका चार जना प्रहरी मध्ये दुई जनालाई कोरीया मैत्री नगरपालिका अस्पतालको क्वारेन्टिनमा राखिएको छ भने दुई प्रहरीलाई होम क्वारेन्टिनमा राखिएको महानगरिय प्रहरी बृत्त ठिमीले जानकारी दिएको छ ।

संक्रमित वालिकालाई अस्पताल लैजाने क्रममा चार जना प्रहरी बालिकासँग सम्पर्कमा आएका कारण क्वारेन्टिनमा राख्नु परेको प्रहरीको भनाई छ ।

यस अघि शनिबार भक्तपुरको मध्यपुर थिमिस्थित बोडे निलबाराही बस्तीकी चार वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले संक्रमित बालिकालाई थप उपचारको लागि अस्पताल राखिएको छ र घर सिल गरिएको छ । बालिकाको परिवारलाई भने होम क्वारेन्टिनमा राखेर स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button