तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोट र डोल्पाका चार जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज कालिकोट र डोल्पाका चार  जना कोरोना सङ्क्रमित थपिएका छन् ।

कालिकोटको सानी त्रिवेणी गाउँपालिका वडा नम्बर २ का दुई जना पुरुष तथा डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ३ का दुई जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button