तपाईँ सुन्दै हुनुहुन्छः

बिधुत सर्ट भई आगलागी  हुँदा घाइते भएकी बालिकाको मृत्यु

भोजपुर । बिधुत सर्ट भई आगलागी  हुँदा घाइते भएकी बालिकाको मृत्यु भएको छ ।

भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्बर ३ खुकुम्बुका कर्णबहादुर कार्कीको दुई तले घरमा आइतबार दिउँसो साँढे १ बजेतिर बिद्युत सर्ट भई आगलागी हुँदा घर भित्र सुतिरहेकी ३ बर्षिया बालिका घाइते भएकी थिइन ।

उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचार गरी थप उपचारका लागि धरान रिफर गरिएकोमा बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि धनकुटा जिल्ला अस्पतालमा उपचारका लगिएको थियो ।

बालिकाको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप लामाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button