तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोबार भोलिदेखि खोल्ने निर्णय

नेपाल धितोपत्र बार्डले नेपाली शेयर बजारको कारोबार भोलि सोमबारदेखि खोल्न निर्णय गरेको छ ।

नेपाल धितोपत्र बोर्डको आइतबारको बसेको बोर्ड बैठकले सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो । मुलुकमा लकडाउन सुरु भएसँगै चैत ११ बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिन मात्र खुलेको थियो ।

बैठकले दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सुचारु गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गर्ने, बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड १९को सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नुपर्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी बोर्ड बैठकले धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्था उपर कारवाही गर्ने, अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि स्क्रिन रुम सञ्चालन गर्न पाउने छैनन ।

लगानीकर्ताहरुले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोबार गर्न सक्ने व्यवस्था गरिएकोले ब्रोकरहरुसंग सम्पर्क गरि सकेसम्म घरैमाबसी कारोबार गर्न प्रोत्साहित गरिएको पनि धितोपत्र बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button