तपाईँ सुन्दै हुनुहुन्छः

दसौँ राष्ट्रिय खेलकुदका लागि मिडिया सेन्टर स्थापना

मुगु । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारलाई व्यवस्थित बनाउन कर्णाली प्रदेश रङ्गशालामा मिडिया सेन्टर स्थापना गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मङ्गलबार मिडिया सेन्टरको औपचारिक उद्घाटन गर्नुभयो ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सङ्कलन तथा सम्प्रेषणका लागि खटिने सञ्चारकर्मीको सहजताका लागि मिडिया सेन्टर स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद्की सदस्य एवं प्रचारप्रसार उपसमितिकी संयोजक मोनालिशा खम्बुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button