जननेता भण्डारीको सम्झनामा वृक्षारोपण
उदयपुर । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९औँ जन्म जयन्तीको अवसरमा विभिन्न प्रजातिको बिरुवा रोपिएको छ ।
आइतबार उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल परिसरमा सो बिरुवाहरू रोपिएको हो ।
नेपाल नेत्र ज्योति सङ्घ उदयपुरको मातहतमा सञ्चालनको तयारीमा रहेको आँखा अस्पताल परिसरमा स्व.भण्डारीको नाममा प्रदेश नम्बर एकका योजना आयोगका सदस्य मिना भण्डारीले वर्वुल जातको बिरुवा रोपेर उद्घाटन गर्नुभयो ।
सोही अवसरमा उहाँले मदन भण्डारीका रचना तथा उहाँलाई जोडेर लेखिएका किताबहरू त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडा र सङ्गम पुस्तकालयलाई हस्तान्तरण समेत गनुभयो ।
योजना आयोगका सदस्य भण्डारीसँगै जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज, पत्रकार र स्थानीयले सिता अशोक, वर्वुल र नागेश्वरी जातका बिरुवा रोपेका छन् ।
सो अवसरमा सदस्य भण्डारीले अस्पतालको वातावरण र पर्यावरणलाई जोगाउन बिरुवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले रोपिएका बिरुवाको संरक्षण सम्र्बद्धनका लागि ध्यान दिनु पर्ने बताउनुभयो । सदस्य भण्डारीले संसारको सौन्र्दयतालाई नियाल्ने आँखाको संरक्षणका लागि स्थापना गरिएको अस्पताल आफैमा पवित्र स्थल भएकाले विना भेदभाव सबैको पहुँचमा पुर्याउन आग्रह गर्नुभयो ।
उहाँले मदन आफैमा बहुप्रतिभाशाली व्यक्ति भएकाले उहाँले प्रतिपादन गरेको जनताको वहुदलिय जनवादलाई व्यवहारमा परिणत गर्न सके मात्र समृद्ध देश र सुखी नेपाली कल्पना गर्न सकिने बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले मदनको विचार प्रेरणादायक र अहिले पनि जीवितै रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले वृक्षारोपणले उजाड क्षेत्र र लोपोन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा सबैले अपनत्व लिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आयोजक नेपाल नेत्र ज्योति सङ्घका सभापति भागवत राउतले अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले भवन निर्माणको कार्य सम्पन्न भइसकेकाले केही प्राविधिक पक्ष मेसिनहरू जडान कार्य मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष अस्पताल परिसरमा आफन्तको सम्झनामा १० कट्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियन साल, तेज पत्ता, अग्र उड, विरेन्द्रफुल, वयस प्रजातिका एक सय १५ वटा बोटबिरुवा रोपेको उहाँले बताउनुभयो । ती मध्ये पाँच वटा बिरुवा मात्र मरेको बाँकी सबै बिरुवा संरक्षण भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्