तपाईँ सुन्दै हुनुहुन्छः

मुन्दुमको प्रयोगबाट नामकरण गरियो ‘मुन्दुम चिया’

इलाम । इलामको सूर्योदय नगरपालिका–स्थित लालीपमा रहेको स्पेसिलीटि टीले राई जातिको मुन्दुमलाई प्रयोग गरेर ‘मुन्दुम चिया’ नामकरण गरेको छ। सूर्योदय नगरपालिकाले आयोजना गरेको दुई दिने प्रथम सूर्योदय चिया महोत्सवमा उक्त चिया प्रदर्शनीमा राखिएको थियो। चियाको नामकरणसँगै मौलिक संस्कृति र पहिचानलाई जोड्ने प्रयास गरिएको हो।

स्पेसियल टी का कर्मचारी विवेक राईका अनुसार आफ्नै कारखानामा तयार गरिएको उक्त चियाको नामकरण तथा तयारी प्रक्रियामा सात दिन लागेको हो। राई जातिको मुन्दुमलाई प्रयोग गरेर चियाको नाम ‘मुन्दुम चिया’ राखिएको उनले बताए। चियालाई फरक स्वाद र पहिचान दिने उद्देश्यले मुन्दुमसँग जोडेर नयाँ अवधारणा तयार गरिएको उनको भनाइ छ।

किरात राई समुदायको मौलिक संस्कार, संस्कृति, जीवनदर्शन, इतिहास र परम्परासँग जोडिएको मुन्दुमलाई चियासँग जोडेर प्रस्तुत गरिएको यो प्रयासले स्थानीय उत्पादनमा सांस्कृतिक पहिचान समेट्ने सम्भावना देखाएको छ। चिया उत्पादनसँगै स्थानीय जातीय संस्कृति र परम्परालाई पनि प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो नामकरण गरिएको राईले बताए।

सूर्योदय नगरपालिकाले आयोजना गरेको दुई दिने चिया महोत्सवमा विभिन्न प्रकारका चिया, चिया उत्पादनसँग सम्बन्धित सामग्री तथा चियाको विविधता प्रदर्शनीमा राखिएको थियो। त्यसमध्ये ‘मुन्दुम चिया’ पनि मौलिक नाम र सांस्कृतिक पक्षका कारण चासोको विषय बनेको थियो। चियालाई केवल स्वादका लागि मात्र नभई संस्कृति र पहिचानसँग जोडेर प्रस्तुत गरिएको यसले नयाँ अवधारणाको सम्भावना देखाएको छ।

इलाम चियाको उत्पादन र गुणस्तरका लागि देश तथा विदेशमा परिचित छ। यहाँका विभिन्न चिया कारखानाले परम्परागत उत्पादनसँगै नयाँ स्वाद, प्रविधि र बजारको मागअनुसार फरक–फरक प्रकारका चिया उत्पादन गर्दै आएका छन्। कतिपय कारखानाले मौसम तथा ऋतु अनुसारका चिया उत्पादन गर्ने गरेका छन् भने कतिपयले चियाको स्वाद, बनावट र उत्पादन विधिमा प्रयोग गरेर नयाँ स्वादका चिया तयार पार्दै आएका छन्।

चिया उद्योगहरूले नयाँ उत्पादनसँगै तिनको विशेषता झल्किने नामकरण गर्ने अभ्याससमेत बढाउँदै लगेका छन्। कुनै चिया मौसम र प्रकृतिसँग जोडेर नामकरण गरिन्छ भने कुनै स्थानीय संस्कृति, परम्परा र मौलिक पहिचानलाई आधार बनाएर नाम दिइन्छ। यसले चियाको उत्पादनलाई फरक पहिचान दिनुका साथै उपभोक्तामाझ नयाँ स्वादको अनुभव प्रस्तुत गर्ने अवसरसमेत सिर्जना गरेको छ।

‘मुन्दुम चिया’ पनि चिया उत्पादनमा मौलिक संस्कृति र पहिचान जोड्ने यस्तै प्रयासका रूपमा महोत्सवमा प्रदर्शनीमा राखिएको थियो। चियाको राजधानीका रूपमा परिचित सूर्योदय क्षेत्रमा चिया उत्पादनलाई पर्यटन, संस्कृति र स्थानीय पहिचानसँग जोडेर प्रवर्द्धन गर्ने प्रयासले चिया क्षेत्रको सम्भावनालाई थप फराकिलो बनाउन सक्ने देखिन्छ।

चियाको स्वाद र गुणस्तरमा विविधता ल्याउनुका साथै स्थानीय संस्कृति, परम्परा र पहिचानलाई उत्पादनसँग जोडेर नयाँ बजार खोज्ने प्रयास इलामका चिया उद्योगहरूमा भइरहेको छ। यस्ता नयाँ उत्पादन तथा अवधारणाले इलामको चिया क्षेत्रलाई थप आकर्षक बनाउनुका साथै चिया पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button