तपाईँ सुन्दै हुनुहुन्छः

मधेसका मुख्यमन्त्रीले लिनुभयो शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उहाँलाई आइतबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो।

नवनियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button