करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण
सुनसरी। जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।
गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बीआर११ वाई ३०३९ भारतीय नम्बर प्लेटको स्कार्पियोलाई प्रहरीले धरान–२ भानुचोकमा रोक्न खोज्दा भागेपछि सेउती पुलबाट निजलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख भिष्णुबाबु राईले जानकारी दिनुभयो ।
उक्त सवारी साधन चेक जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको उहाँले बताउनुभयो । प्रहरीले चालक साह र बरामद भएको सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्