तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौँ । स्थानीय निर्वाचनको तयारी र पार्टीलाई सुदृढ बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय भेला सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर दुई दिने भेलाको आज यहाँ उद्घाटन गर्नुभयो । सो भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

सो पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ४१४ जनाको सहभागिता रहने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button