तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामू १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।

उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो ।

लुम्बिनीका लागि ट्रम्पलम्यानले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १/१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । 

दोस्रो संस्करणको एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । यस्तै, पहिलो संस्करणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button