तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक: भेलाको तयारीबारे छलफल

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । 

बैठकमा बुधबार र बिहीबार हुनलागेको राष्ट्रिय भेलाको तयारीका बारेमा  छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो । 

“राष्ट्रिय भेलाको तयारीका सन्दर्भमा बैठक केन्द्रित रहेको थियो । बैठकमा तयारीका सन्दर्भमा गठन गरिएका विभिन्न उपसमितिको रिपोर्टिङ र छलफल गर्ने काम भयो,” उहाँले भन्नुभयो । 

बैठकले भेलाका लागि तय गरिएका कार्यसूची अनुमोदन गरेको छ । यस्तै बैठकले पार्टीको चौथो केन्द्रीय कमिटीको बैठक यही मङ्सिर ४ गते गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button