तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

मुगु । मुगुमा भएको जिप दुर्घटनामा घाइते भई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी अञ्जु थापाको काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको निधनसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो। मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा अञ्जु थापाको निधन भएको जानकारी दिनुभयो ।

यसअघि दुर्घटना स्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घाइतेमध्ये अन्जुको निधन भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button