आइएमएफले विश्वव्यापी वृद्धिदर प्रक्षेपण घटायो
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष र आगामी वर्षको लागि गरिएको विश्वव्यापी वृद्धिदर प्रक्षेपण घटाएको छ ।
कोषले बर्ष २०२० मा लगभग ५ प्रतिशत आर्थिक गिरावट आउने भविष्यवाणी गरेको छ । यो १० हप्ता अघि अर्थात गत अप्रिलमा गरिएको पूर्वानुमानभन्दा निकै खराब अवस्था हो ।
कोषले यस वर्ष बेलायतको अर्थतन्त्रमा १० प्रतिशत बढी संकुचन आउन सक्ने अनुमान गरेको छ भने सन् २०२१ मा आंशिक सुधार हुने अपेक्षा गरेको छ ।
इटाली, फ्रान्स अथवा स्पेनका लागि गरिएको प्रक्षेपणजस्तो नभएपनि यो सबैभन्दा गम्भीर गिरावटमध्ये एक हुने बताइएको छ ।
आईएमएफकी प्रबन्ध निर्देशक, क्रिस्टालिना जर्जीयभाले अप्रिलमा गरिएको पूर्वानुमानलाई विभिन्न घटनाहरुले ओभरटेक गरिसकेकोले विश्व अर्थतन्त्रको सम्भावित बाटो खराब देखिएको बताउनु भएको छ ।
आईएमएफले गत अप्रिलमा यूकेको ६.५ प्रतिशत र विश्वको ३ प्रतिशत घट्ने पूर्वानुमान गरेको थियो ।
भारतको लागि सबैभन्दा ठूलो परिवर्तन हुने अनुमान गरेको थियो । जहाँ आईएमएफले छिमेकी मुलुक भारतको अर्थतन्त्रमा ४.५ प्रतिशत संकुचन हुने प्रक्षेपण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्