सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजाअर्चना
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिक स्थलमा पूजाअर्चना गर्नुभएको छ ।
छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आउनुभएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गर्नुभएको हो ।
आजै उहाँले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजाअर्चना गर्नुभएको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिनुभयो । सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुनुहुने उहाँले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्