तपाईँ सुन्दै हुनुहुन्छः

बाढीबाट जनताको तटबन्धन जोगाउन प्रहरी सक्रिय

भद्रपुर, झापा । झापामा जनताको तटबन्धनमा क्षति हुन नदिन प्रहरीले मर्मत सम्भार गरेको छ ।

झापा गाउँपालिकास्थित वडा नं. ७ को टप्पु टोल र जनता टोलमा प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गरी मर्मत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई खोलाले सो क्षेत्रको २२ सय मिटर लामो तटबन्धनमा क्षति पुर्‍याउन थालेपछि नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरीले संयुक्त रूपमा मर्मत गरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

स्थानीय नागरिकको समेत सहभागितामा माई खोलामा बाढीको जोखिमलाई मध्यनजर गरी जेसीबी प्रयोग गरेर खोलालाई बिच भागबाट बगाउने कार्य भइरहेको छ ।

जिल्लाको सबैभन्दा ठुलो खोला कनकाई माईले हरेक वर्ष वर्षामा ठुलो क्षति पुर्याउँदैै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button